देउवाद्वारा काशी विश्वनाथको पूजाअर्चना

२०७८, २० चैत्र आईतवार १२:२७

काठमाडौँ: भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रमणको तेस्रो दिन भारतको वाराणसीस्थित काशी विश्वनाथ मन्दिरमा पूजाअर्चना गरेका छन् । आइतबार बिहानै भारतको धार्मिक नगरी वाराणसी पुगेका प्रधानमन्त्री देेउवासहितको टोलीले काशी विश्वनाथ मन्दिरमा पूजाअर्चना गरेका हुन् ।
वाराणसीस्थित लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ लगायत उच्च अधिकारीहरूले स्वागत गरेका थिए ।

साथै प्रधानमन्त्री देउवाले वाराणसीकै समराजेश्वर पशुपतिनाथ महादेव तथा कालभैरव मन्दिरमा पुगेर पूजाअर्चनासमेत गरेका छन् । प्रधानमन्त्री देउवा आइतबार अपराह्न वाराणसीबाट नयाँदिल्लीका लागि प्रस्थान गर्ने र साँझ नयाँदिल्लीबाट काठमाडौँ प्रस्थान गर्ने कार्यक्रम छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु