ग्रीन भेन्चर्सको आईपीओ बाँडफाँट, २ लाख ८७ हजार ५०० जनाले पाए १० कित्ता

२०७८, २० चैत्र आईतवार १०:५८

ग्रीन भेन्चर्स लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केटको कार्यालयमा यस दिन सो कम्पनीको आईपीओ बाँडफाँट भएको हो।

काठमाडौं: कम्पनीको आईपीओमा कुल २१ लाख ११ हजार ६४९ जनाले २ करोड ४३ लाख ५१ हजार ८८० कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये २१ लाख ६ हजार ५१६ आवेदकको २ करोड ४२ लाख ७७ हजार कित्ता शेयरका लागि आवेदन स्वीकृत भएको छ भने ५ हजार १३३ जनाको ७४ हजार ८८० कित्ताका लागि आवेदन रद्द भएको छ।

स्वीकृत आवेदन मध्ये २ लाख ८७ हजार ५०० जनालाई १० कित्ताका दरले कम्पनीको शेयर बाँडफाँट गरिएको छ।

कम्पनीले चैत ८ गते मंगलबारदेखि ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार कित्ता शेयर निष्काशनमा ल्याएको थियो। त्यसमध्ये ३ प्रतिशत अर्थात ९३ हजार ७५० कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात एक लाख ५६ हजार २५० कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने २८ लाख ७५ हजार कित्ता शेयर मात्रै सर्वसाधारणलाई बाँडफाँट गरिएको हो।

हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० करोड लाख रुपैयाँ रहेको छ। आयोजना प्रभावित स्थानीयलाई ३१ करोड २५ लाख रुपैयाँ र सर्वसाधारणलाई ३१ करोड २५ लाख रुपैयाँ गरी ६२ करोड ५० लाख रुपैयाँ बराबरको शेयर निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब १२ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु