के ओलीले जुम्ला टेकेपछि एमाले उर्लिएकै हो?

२०७८, १८ चैत्र शुक्रबार २०:५२

काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २०७५ साल वैशाख १ गते जुम्लाको सदरमुकामा खलंगा पुग्नुभएको थियो । करीब एक घण्टाका लागि जुम्ला पुग्नु भएका ओलीलाई त्यतीबेला आम जुम्लीले हेर्न पाएनन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट उद्ध्घाटन गर्न पुग्नु भएका ओली केहीबेर मै जुम्लाबाट फर्किनुभयो । तर ओलीलाई नजिकबाट हेर्न जुम्ली चाहना उतिकै ताजै थियो । ओलीले २०७६ सालमा नै जुम्ला जाने योजना बनाए पनि कोरोनाका कारण सम्भव भएन । यसबीचमा ओलीलाई सर्वोच्चको परमादेशले प्रधानमन्त्रीबाट हटायो ।

तर ओली क्रेज जुम्लामा घटेन । कर्णालीमा नेकपा (एस)को ठूलो प्रभाव परेको र एमालेलाई धेरै क्षति भएको जिल्ला भनेर कहलिएको जुम्लालाई त्यो भनाइलाई मिथ्या सावित गरिदिएको छ ।
कार्यक्रममा अध्यक्ष ओलीले विप्लव माओवादीका राज्य समिती सदस्य राम प्रसाद शर्मा र नेपाली काँग्रेस प्रदेश निर्वाचन क्षेत्र क का क्षेत्रीय सभापति दानसिंह खत्रीलाई एमाले प्रवेश गराएपछि जुम्लीहरु स्थानीय तहको निर्वाचनमा एमालेको झण्डा पहराउन सहज भएको भन्दै खुशीले नाचेका छन् ।

कार्यक्रममा अध्यक्ष ओलीले विप्लव माओवादीका राज्य समिती सदस्य राम प्रसाद शर्मा र नेपाली काँग्रेस प्रदेश निर्वाचन क्षेत्र क का क्षेत्रीय सभापति दानसिंह खत्रीलाई एमाले प्रवेश गराएपछि जुम्लीहरु स्थानीय तहको निर्वाचनमा एमालेको झण्डा पहराउन सहज भएको भन्दै खुशीले नाचेका छन् ।

ओलीलाई हेर्न यति दुईतीन दिनसम्म हिडेर मान्छे सिंजाको नाराकोटमा भेला भएकाहरु भन्दैथिए: कहाँबाट आए यति धेरै मान्छेहरु ? केपी ओली हेर्न भनेपछि मान्छेहरु भात पानी छोडेरै आउँदा रहेछन् ।

सिंजाको नाराकोट पाखामा मानिसहरुको अपार भिड देखेर एकले अर्कालाई देख्दा कार्यक्रममा आएकाहरु हौसिएका थिए । उनीहरुको एउटै मत छ: ओलीले जुम्ला टेकेपछि एमाले बौरियो ।

अबको निर्वाचनमा गठबन्धनले एमालेको उभारलाई छेक्न सक्दैन । त्यही कार्यक्रममा अध्यक्ष ओलीले विप्लव माओवादीका राज्य समिती सदस्य राम प्रसाद शर्मा र नेपाली काँग्रेस प्रदेश निर्वाचन क्षेत्र क का क्षेत्रीय सभापति दानसिंह खत्रीलाई एमाले प्रवेश गराएपछि जुम्लीहरु स्थानीय तहको निर्वाचनमा एमालेको झण्डा पहराउन सहज भएको भन्दै खुशीले नाचेका छन् ।

Comments

ताजा खबर