सूर्यतारा सिमेन्टको १४ अर्ब लगानी र तल्लो अरुणको डीपीआर स्वीकृत

२०७८, १७ चैत्र बिहीबार १९:२३

काठमाडौँ: बिहीबार बसेको लगानी बोर्डको ५० औं बैठकले सूर्यतारा सिमेन्ट उद्योगको १४ अर्ब २७ करोड रुपैयाँ बराबर लगानी स्वीकृत गरेको छ । बैठकले तल्लो अरुण जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) पनि स्वीकृत गरेको बोर्ड कार्यालयका सहप्रवक्ता रमेश अधिकारीले जानकारी दिए ।

नवलपरासीको बर्दघाटमा रासायनिक मल कारखाना स्थापना गर्नका लागि अध्ययन अनुमति दिन जर्मनीको कम्पनी डीआईएजीसँग सम्झौता गर्ने प्रस्ताव तयार गरेर बोर्डको अर्को बैठकमा पेश गर्ने निर्णय पनि भएको छ । त्यस्तै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण मोडालिटीका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको पनि अधिकारीले जानकारी दिए । आजको बैठकले लगानी बोर्डको कोष स्थापनासम्बन्धी अवधारणापत्र समेत स्वीकृत गरेको छ । बोर्डअन्तर्गतका आयोजनामा लगानी गर्नका लागि कोष बनाउने प्रक्रिया अघि बढाइसकेको छ ।


ताजा खबर

    सम्बन्धित शीर्षकहरु