चैत २० गते ग्रीन भेन्चर्सको आइपीओ बाँडफाँड हुने

२०७८, १६ चैत्र बुधबार १५:१६

काठमाडौं: ग्रीन भेन्चर्स लिमिटेडको आइपीओ चैत २० गते आइतबार बाँडफाँड हुने भएको छ । विक्री प्रबन्धक लक्ष्मी क्यापिटलले आइतवार बिहान ८ बजे आफ्नै कार्यालय बानेश्वर, काठमाडौंमा आइपीओ बाँडफाँड गर्ने जनाएको छ ।

प्रि अलोटमेन्ट भने गरिसकेको विक्री प्रबन्धकले जनाएको छ । कम्पनीले चैत ८ गतेदेखि ११ गतेसम्म सर्वसाधारणका लागि आइपीओ विक्री गरेको थियो । कम्पनीले सार्वजनिक निष्काशन मार्फत विक्री गरेको २८ लाख ७५ हजार कित्ता शेयर बाँडफाँड गर्नेछ । कम्पनीले सर्वसाधारणका कुल ३१ लाख २५ हजार कित्ता शेयर छुट्याएको हो ।

कुल कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात् १ लाख ५६ हजार २५० कित्ता सामूहिक लगानीकोषहरुका लागि बाँडफाँड गरिसकेको छ भने ३ प्रतिशत अर्थात् ९३ हजार ७५० कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरेको छ ।

सार्वजनिक निष्काशनमार्फत विक्रीमा आएको शेयर खरीदका लागि २१ लाख ५७ हजार ६३१ जनाले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले दिएको जानकारी अनुसार यी आवेदकहरुबाट २ अर्ब ५९ करोड ४० लाख ५६ हजार बराबरको २ करोड ५९ लाख ४० हजार ५६० कित्ता शेयर खरीदको आवदन परेको हो ।

Comments

ताजा खबर