पोखरामा ट्रकको ठक्करबाट युवतीको मृत्यु, दुई घाइते

२०७८, १६ चैत्र बुधबार १२:५४

पोखरा: कास्कीको पोखरा महानगरपालिका–८, सभागृहचोकमा ट्रकको ठक्करबाट स्कुटरमा सवार एकजनाको मृत्यु भएको छ । दुईजना घाइते छन् ।
स्कुटरचालक पोखरा महानगरपालिका–१८ की १८ वर्षीया अन्जना पाइजाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको जनाइएको छ ।

आज बिहान करिब ६ बजे ना६ख ४७२५ नम्बरको ट्रकले ग१४प ६५९८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
घाइते भएका स्कुटरमा सवार पोखरा–१० की १८ वर्षीया मीना गुरुङ र पोखरा–१८ की कमला पाइजाको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइते दुवैको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
उक्त ट्रकसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु