बोनश शेयर शेयरधनीको खातामा जम्मा

२०७८, १५ चैत्र मंगलवार १०:४०

काठमाडौं: एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीको हितग्राही खातामा बोनश शेयर जम्मा गरिदिएको छ । कम्पनीको गत माघ २१ गते सम्पन्न १३औं साधारण सभाबाट पारित २५ प्रतिशत बोनश शेयर नेप्सेमा र नेपाल क्लियरिङ हाउसमा सुचिकृत गराई अभौतिक रुपमा कारोबार हुने व्यवस्था गरिसकेको कम्पनीले जनाएको छ ।

उक्त बोनश शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको हो ।कम्पनीले माघ ११ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीको हितग्राही खातामा उक्त बोनश शेयर जम्मा गरिदिइ सकेको जनाएको छ ।

त्यसैगरी माघ ११ गत भन्दा पश्चात शेयर अभौतिकीकरण गराएका शेयरधनीको हकमा पनि क्रमशः सम्बन्धित शेयरधनीको हितग्राही खातामा शेयर जम्मा गरिने भएकाले शेयर अभौतिकीकरण गराउन कम्पनीले आग्रह गरेको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु