इटहरीमा बम विष्फोट, दुई युवा घाइते

२०७८, १५ चैत्र मंगलवार १०:१९

इटहरी: सुनसरीको इटहरीमा बम विष्फोट भएकाे छ । विष्फाेटमा परेर दुई जना युवा घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार उपमहानगरपालिकाको नवजागृति टोलको एक घरमा सोमबार राति बम विष्फोट भएको हो ।
विष्फोटमा परी २२ वर्षीय रविन थापा र लमजुङका २३ वर्षीय शेरजंग गुरुङ घाइते भएका प्रहरीले जनाएको छ ।
घटनास्थलबाट हिमाल सुरक्षा परिषद् नेपालको पर्चा बरामद भएको प्रहरीले बताएको छ । परिषद्ले हिन्दु राष्ट्रको माग गर्दै फागुन १५ गतेबाट सशस्त्र संघर्षको घोषणा गरेको थियो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु