एनआईबिएल समृद्धि फण्ड १ का इकाईधनीहरुलाई लगानी रकम फिर्ता

२०७८, १५ चैत्र मंगलवार ०९:२४

काठमाडौं: नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड कोष प्रवद्र्धक रहेको तथा एनआईबिएल एस क्यापिटल लि. योजना व्यवस्थापक रही एनआईबिएल म्युचअल फण्ड अन्तर्गत संचालनमा रहेको एनआईबिएल समृद्धि फण्ड १ मिति २०७८/०९/२२ मा परिपक्व भएको छ । “एनआईबिएल समृद्धि फण्ड १” ले आफ्नो इकाईधनीहरुले लगानी गरेको रकम यहि चैत १३, २०७८ बाट फिर्ता गरेको छ। फिर्ता भुक्तानी रकम प्रचलित कानुन बमोजिम कर कट्टा गरी इकाईधनीहरुको हितग्राही खातामा रहेकोे बैंक खातामा नै जम्मा गर्ने व्यहोरा समेत जानकारी गराएको छ।

यस योजनाले १० रुपैयाँ अंकितदरका कुल १० करोड इकाईको सार्वजनिक निष्कासन गरेको थियो। योजनाको अन्तिम प्रति इकाई खुद सम्पत्ति मुल्य १२.७४ रुपैयां कायम भएको छ र सो अनुसारनै फिर्ता भुक्तानी गरिएको छ।

सचांलन अवधि ७ वर्ष रहेको यस योजनाले औषत वार्षिक १७.९९५ प्रतिफल प्रदान गरेको छ। आर्थिक वर्ष २०७७/७८ मा यस योजनाका इकाईधनीहरुले सर्वाधिक ३५५ नगद लाभांश पाएका थिए। आर्थिक वर्ष २०७२/७३, २०७३/७४, २०७४/७५, २०७५/७६ र २०७६/७७ मा भने क्रमशः १५५, १८५, १२५, ६.५५ र १२५ नगद लाभांश लगानीकर्ताहरुले पाएका थिए।

हाल सम्म, यस क्यापिटलले “एनआईबिएल म्युचुअल फण्ड“ अन्तर्गत तीनवटा बन्दमुखी र एक खुलामुखी म्युचुअल फण्ड योजनाहरू सञ्चालनमा ल्याइसकेको छ । साथै नयाँ बन्दमुखी योजना “NIBL Growth Fund” नेपाल धितोपत्र बोर्डमा पेश भएर प्रारम्भिक चरणमा रहेको छ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु