नेपालको रातो माटो अब टोकियोमा पनि, माटो भाडोमा नेपाली स्वाद संगै रातो माटो रेष्टुरेण्टमा ।

२०७८, १४ चैत्र सोमबार २०:०४

जापान । टोकियोस्थित सिनओकुबोर ओकुबो रेल स्टेशनको बीच भागमा रहेको ‘रातो माटो’ नामक टिपिकल नेपाली रेष्टुरेन्टले नेपाली देखी जापानीहरुको समेत मन जीतेको छ ।

फरक शैलीमा स्थापना भएको रातो माटो नामक टिपिकल नेपाली रेष्टुरेन्ट गत अक्टुबर ७ तारिखबाट औपचारिक रूपमा एभरेष्ट ट्रेड कम्पनीले संचालनमा ल्याएको उक्त रातो माटोमा अनुभवी नेपाली व्यवसायीहरुको लगानीमा सन्चालन भएको संचालक शिवहरि पौडेलले जानकारी दिनु भयो ।

रातो माटो नाम सुन्दा जति विशेष छ, त्यहाँको परिकार तथा पस्कने सर्भिस गर्ने तरिका पनि विशेष रहेको छ । “रातो माटो”मा मट्का चिया, मट्का बिरियानी ,मट्का करी जस्ता सबै परिकारहरु माटोका भाँडामा बनाईने तथा दिईनेछ । विशेष आन्तरिक सजावटमा तयार पारिएको रेस्टुरेन्ट भित्रपस्दा नितान्त फरक र बसौ बसौ लाग्ने आकर्षक डिजाईनमा निर्माण भएको छ ।

सातौँ तल्लामा रहेको “रातो माटो”बाट टोकियो सिन्जुकु सहरको आकर्षक दृश्यहरु हेर्दै फरक, स्वादिष्ट र स्वास्थ्यवर्द्धक विभिन्न खानाका परिकारहरुमा रमाउन सकिनेछ । नेपालीहरुको बाक्लो बस्ती रहेको शिनओकुबो सजिलो लोकेशनमा रहेको छ ।

                                   #भिडियो हेर्न यो लिङ्कमा क्लिक गर्न सक्नुहुनेछ#

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु