शेरबहादुर देउवा र शेखर कोइरालाबीच मिटिङ्‌मै भयो लफडा

२०७८, १४ चैत्र सोमबार १६:००

काठमाडौं: कांग्रेस केन्द्रीय समितिको बैठकमा सभापति शेरबहादुर देउवा र शेखर कोइरालाबीच नोकझोंक भएको छ । कोइरालाले गठबन्धन किन र केका लागि गर्ने भन्दै सभापति देउवालाई प्रश्न गरेका छन् ।

‘रुष्ट कार्यकर्तालाई सम्बोधन नगरी कसरी अघि बढ्नु? सभापतिले एमाले बलियो भनेपछि कार्यकर्ताको मनोबल कसरी बढाउनु ? कांग्रेसको नीति र सिद्धान्तलाई तिलाञ्जली दिएर कसरी माओवादीलाई बोक्न सकिन्छ ?’ कोइरालाको प्रश्न गरे ।

शेखरलाई जवाफ दिँदै देउवाले आफू कांग्रेसका लागि जीवन काटेको मान्छे भएकाले आफूलाई कांग्रेसको सिद्धान्त नसिकाउन भनेका छन् । उनले माओवादीलाई गिरिजाले बोक्दा शेखरहरु किन चुप बसेको भन्दै प्रश्न गरेका थिए । ‘म कांग्रेसको सिद्धान्त कसरी तोड्छु ? माओवादीलाई मैले ल्याएको हो कि माओवादीले मलाई ? हिजो गिरिजाबाबुलाई प्रश्न गर्न सक्नुभयो ? अहिले माओवादीलाई बोक्यो भन्ने ?,’ देउवाको प्रश्न थियो ।

अघिल्लो चुनावमा गठबन्धन नगर्दा नै शेखरले निर्वाचनमा हार व्यहोर्नुपरेको देउवाको भनाइ थियो । ‘हिजो गठबन्धन नगर्दा तपाईंहरू पनि हार्नु भएको हैन ? म पनि बालबाल जितेको हुँ नि ! हिजो पनि तपाईंहरूले यसरी नै बोलेर गठबन्धन बन्न नसकेको होइन ?’ देउवाले थपे, ‘कांग्रेसको नीति सिद्धान्तका बारेमा मलाई नसिकाउनुस्। म कांग्रेसका लागि जीवन काटेको मान्छे हुँ।’

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु