सुख्खा पहिरोले अबरुद्ध राजमार्ग खुल्यो

२०७८, १२ चैत्र शनिबार २२:१७

पाल्पा । सुख्खा पहिरोले अबरुद्ध सिद्धार्थ राजमार्ग खुलेको छ ।सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडक खण्डको सिद्धबाबा मन्दिर क्षेत्रमा सुख्खा पहिरो गएको थियो ।  ढुङ्गा सहितको सुख्खा पहिरो सडकमा झर्दा सडक अवरुद्ध भएको थियो ।

तल्लो सिद्धबाबादेखि उत्तर विद्युत पावर हाउस नजिकै राति ९ बजे ढुङ्गा र माटो खसी सडक अवरुद्ध भएको थियो । डोजर लगाई ढुङ्गा पन्छाएर बाटो खुलाइएको प्रहरी चौकी दोभानले जनाएको छ ।

Comments

ताजा खबर