प्रचण्ड गाउँपालिका भवन उद्घाटन गर्न गारेखा जाँदै

२०७८, १२ चैत्र शनिबार ०८:२०

काठमाडौं‌: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड´ आज गारेखा जाँदै छन् । प्रचण्डले बारपाक सुलिकाेट गाउँपालिकाको भवन उद्घाटन गर्न गर्नेछन् । त्यसका लागि बिहान ११ बजे गाेरखा जाने उनको सचिवालयले जनाएको छ ।

प्रचण्ड स्थानीय तह निर्वाचनको संघारमा पार्टीको पक्षमा जनमत तयार गर्न दाैडधुपमा छन् । बिहीबार र शुक्रबार उनी गृहजिल्ला चितवनमा थिए ।

अघिल्लो पटक भरतपुर महानगरपालिकाको निर्वाचनमा माओवादीबाट धाेका पाएको भन्दै कांग्रेस चितवन गठबन्धनबिना निर्वाचनमा जाने पक्षमा रहँदा प्रचण्ड त्यहाँ पुगेका हुन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु