कल्याणकारी सुविधा थप विस्तार गरिन्छ- प्रधान सेनापति

२०७८, १० चैत्र बिहीबार २०:३८

कैलाली कैलालीको तेघरीस्थित भवानी दल गणमा नेपाली सेनाको भूतपूर्व सैनिक सम्मेलन सम्पन्न भएको छ । बिहीबार कैलालीमा  आयोजित पूर्व सैनिक सम्मेलनलाई संवोधन गर्दै प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनाको मूल्य र मान्यताहरुलाई जीवन्त राख्‍न अवकाश प्राप्त सैनिकहरूको भूमिकाको प्रशंसा गरेका छन् ।

फाइल फोटो

सम्मेलनमा पूर्व सैनिक तथा परिवारको उपस्थितिले नेपाली सेनालाई थप हौसला मिलेको बताउँदै प्रधानसेनापति शर्माले कल्याणकारी सुविधा विस्तार गर्ने बताए । उनले भने– ‘सेनाको श्रोत, साधन र क्षमताले भ्याएसम्म कल्याणकारी सेवा सुविधाहरु भविष्यमा थप विस्तार तथा अभिवृद्धि गर्दै लगिनेछ ।’

नेपाली सेना कल्याणकारी बोर्डको समन्वयमा आयोजित सम्मेलनमा कैलाली र कञ्‍चनपुरमा बसोबास गर्ने करीब २३ हजार पूर्व सैनिक तथा परिवारजनको सहभागिता थियो । सम्मेलनमा कञ्‍चनपुर जिल्लामा बस्ने ९३ वर्षका पूर्व सैनिक हुद्धा खड्‍गसिंह खत्री, स्वर्गीय जमदार घुमसिंह कठायतकी पत्नी, कैलाली घर भएका १०६ वर्षीया एकल महिला श्रीमती भद्रकाली कठायतलाई सम्मान गरिएको थियो । 
Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु