चीनमा बोइङ ७३७ जहाज दुर्घटना

२०७८, ८ चैत्र मंगलवार ०५:५६

काठमाडौँ: चीनमा १३२ जना यात्रु बोकेको जहाज दुर्घटनाग्रस्त बनेको छ । पहाडी क्षेत्रमा भएको दुर्घटनास्थलमा ठूलो आगलागी नै भएको दृश्य देखिएको छ ।

चीनको दक्षिणी क्षेत्र गुआङजी झुआङ स्वायत्त क्षेत्रमा सोमबार बोइङ ७३७ जहाज दुर्घटना भएको ग्लोबल टाइम्सले जनाएको छ । दुर्घटनाको क्रममा कति क्षति भयो भन्नेबारे यकिन जानकारी आइसकेको छैन ।
चीनको दक्षिण पश्चिम प्रान्त युनानको कुनमिङ चाङसुइ विमानस्थलबाट दिउँसो १ बजेपछि ग्वाङझाओका लागि उडेको विमान दुर्घटनामा परेको हो । उक्त जहाज अपराह्न ३ बजे अवतरण गर्नुपर्ने तालिका थियो ।

दुर्घटनापछि घटनास्थलमा अहिले स्थानीय सरकारले ठूलो संख्यामा उद्धार टोली खटाएको सिन्ह्वाले जनाएको छ । चाइना इस्टर्न एयरलाइन्स कम्पनीको उक्त जहाज २०१५ को जुनदेखि मात्रै सञ्चालनमा ल्याइएको थियो । उक्त जहाजमा १२ बिजनेस क्लासका सिटसहित १६२ सिट रहेका थिए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु