त्रिबेणी ग्रुपले लियो रोयल इनफिल्ड मोटरसाइकलको आधिकारीक विक्रेता

२०७८, ७ चैत्र सोमबार १८:५३

काठमाडौं । रोयल इन्फिल्डको नेपालको लागि आधिकारीक विक्रेता परिवर्तन भएको छ । यसअघि दुगड समूह अन्तर्गतको विवेक अटोमोवाइलले विक्री गर्दै आएको रोयल इन्फिल्ड त्रिबेणी ग्रुपले लिएको हो ।

त्रिबेणी समूहले नेपालमा धेरै किसिमका व्यवसाय गर्दै आएको छ । समूहले उत्पादन, ट्रेडिङ, बैंकिङ तथा इन्स्योरेन्स, ऊर्जा, रिटेल, मनोरन्जन तथा टुरिजम, कृषि लगायतका क्षेत्रमा लगानी गर्दै आएको छ । यस्तोमा समूहले दुई पाङ्ग्रे सवारीसाधनको विक्रीमा समेत हात हालेको हो ।

नेपालमा बुलेट नामबाट चर्चित रहेको ब्राण्ड रोयल इन्फिल्डले उत्पादन गरेका विभिन्न मोडलहरु विक्री वितरण हुँदै आएका छन् । अहिले क्लासिक ३५० नेपालमा सर्वाधिक विक्री हुने ३५० सीसीको मोटरसाइकल हो । त्यस्तै मेटोर ३५०, हिमालयन र इन्टरसेप्टर मोडल विक्री हुँदै आएको थियो ।

विवेक अटोमोवाइलले ५ लाख ४८ हजारदेखि १२ लाख ४९ हजारसम्म मूल्य तोकेर यी मोटरसाइकलहरु विक्री गर्दै आएको थियो । संख्यात्मक रुपमा राम्रै संख्यामा मोटरसाइकल विक्री भइरहेको भएपनि ब्राण्डको विस्तारमा लगानी नगर्दा दुगड समूहले यसको आधिकारीक विक्रेता गुमाएको अनुमान गरिएको छ ।

त्रिबेणी समूहले डिलर सिप लिएसँगै यसको व्यवसाय विस्तारमा योजना निर्माण गरेर काम अगाडि बढाई सकेको छ ।

‘हामीले काम अगाडि बढाइसकेका छौं । चाँडै आफ्नो योजना सहित ब्राण्डलाई आक्रमक रुपमा अगाडि बढाउन काम गर्ने छौं’, त्रिवेणी ग्रुपका निर्देशक हर्ष संघाईले मेरोअटोसँग भने ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु