बिमस्टेक बैठकः प्रधानमन्त्रीको भर्च्युअल उपस्थिति रहने, परराष्ट्रमन्त्री कोलम्बो जाने

२०७८, ७ चैत्र सोमबार १८:३१

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले क्षेत्रीय संगठन बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) बैठकमा भर्चुअल माध्यमबाट उपस्थिति जनाउने भएका छन्।
चैत १६ गतेदेखि हुने बिमस्टेकको पाँचौ शिखर सम्मेलनमा प्रधानमन्त्री देउवाले भर्चुअल माध्यमबाट सम्बोधन गर्नेछन् भने परराष्ट्रमन्त्री नारायण खड्का श्रीलंका जाने निर्णय सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भने भौतिक रुपमै सम्मेलनमा सहभागी हुनेछन्।

बिमस्टेक परराष्ट्र सचिवस्तरीय बैठकमा परराष्ट्र मन्त्रालयका सचिव भरत राज पौड्याल र सहसचिवस्तरीय बैठकमा मन्त्रालयका क्षेत्रीय संगठन महाशाखा प्रमुख घनश्याम भण्डारी पनि कोलम्बो जाने निर्णय सरकारले लिएको छ।

कोरोनाका कारण यसअघि बैठक तीनपटक स्थगित भएको थियो। सम्मेलनमा बिमस्टेकको बडापत्र, बिमस्टेक ट्रान्सपोर्ट कनेक्टिभिटीसम्बन्धी गुरुयोजना र ‘बिमस्टेक कन्भेन्सन अन म्युचुअल लिगल एसिस्टेन्स इन क्रिमिनल म्याटर्स अनुमोदलन गर्ने कार्यसूची रहेको छ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु