भारतका लागि नेपाली राजदूतमा शंकर शर्मा

२०७८, ७ चैत्र सोमबार ०७:१०

काठमाडौं । भारतका लागि नेपाली राजदूतमा डा शंकर प्रसाद शर्मा नियुक्त हुनुभएको छ ।

आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई भारतका लागि नेपालको आवासीय राजदूत नियुक्त गर्नुभएको हो ।

नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा शर्मालाई राष्ट्रपति भण्डारीले गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले बताउनु भयो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु