आर्थिक संकटमा श्रीलंकाः कागज र मसी किन्ने पैसा नहुँदा लाखौँ विद्यार्थीको परीक्षा स्थगित

२०७८, ६ चैत्र आईतवार ११:२३

एजेन्सी गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा कागज किन्ने पैसासमेत नभएपछि विद्यालय तहको परीक्षा रोकिएको छ। यसबाट दसौँ लाख विद्यार्थी प्रभावित भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

फाइल फोटो

श्रीलंकाले हाल सन् १९४८ (स्वतन्त्रता) यताकै गम्भीर आर्थिक संकटको सामना गरिरहेको छ। सोमबारदेखि विद्यालय तहको परीक्षा सुरु हुने तय गरिएको थियो। तर शिक्षा अधिकारीहरुले शनिबार कागजको अभावका कारण परीक्षा अनिश्चितकालका लागि रोकिएको बताएका हुन्। सरकारले परीक्षाका लागि आवश्यक कागज ल्याउनका लागि बजेट दिन नसकेकाले परीक्षा रोक्नु परेको शिक्षा अधिकारीहरुले बताएका छन्।

वेस्टर्न प्रोभिन्सको शिक्षा विभागले भनेको छ, ‘अत्यावश्यक कागज र मसी ल्याउन आवश्यक रकम व्यवस्था गर्न नसकेकाले विद्यालयहरुको परीक्षा लिन नसक्ने भएको छ।’ देशभरका ४५ लाख विद्यार्थीमध्ये कागज र मसीको अभावका कारण करिब दुईतिहाइ विद्यार्थीको परीक्षा लिन नसक्ने अवस्था रहेको सरकारी स्रोतले बताएको द गार्डियनले उल्लेख गरेको छ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु