प्रि ओपन सेसन अपडेटः करिब ३ अंक बढ्यो नेप्से

२०७८, ६ चैत्र आईतवार १०:५७

साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ३ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात गत बुधबार १९.७२ अंक घटेर २६३१.२५ विन्दुमा झरेको नेप्से, यस दिन सो सेसनमा २.८५ अंक बढेर २६३४.११ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.६६ अंक बढेको छ।

आइतबार प्रि ओपन सेसनमा १४ स्टकको १७ लाख ३८ हजार ९७० रुपैयाँ १९ पैसा बराबरको १ हजार ४८३ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १० स्टकको मूल्य बढेको छ भने २ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

Comments

ताजा खबर