प्रधानमन्त्री देउवाद्वारा नयाँ खिम्ती सवस्टेसनको उद्घाटन

२०७८, ५ चैत्र शनिबार १५:०६

काठमाडौं प्रधानमन्त्री शेरबहादुर देउवाले रामेछापको खिम्तीमा निर्माण सम्पन्न भएको २२०/१३२ केभीको नयाँ खिम्ती सबस्टेसनको औपचारिक उद्घाटन गरेका छन्। शनिबार हेलिकाेप्टरमार्फत खिम्ती पुगेका प्रधानमन्त्री देउवाले माथिल्लो तामाकोसीसहित एक हजार मेगावाट विद्युत निर्यात गर्ने नेपालकै दोस्रो ठूलो सबस्टेसनको उद्घाटन गरेका हुन् ।

फाइल फोटो

उक्त सबस्टेसनबाट हाल माथिल्लो तामाकोसी आयोजनाको ४५६ मेगावाट, लिखु ४ को ५२ मेगावार्ट र लिखु ए जलविद्युत आयोजनाको २४ मेगावाट विद्युत नेसनल ग्रिडमा जोडिएको छ। तामाकोसी करिडोरका सानाठूला गरी आधा दर्जन निजी तथा सरकारी लगानीको जलविद्युत आयोजनाबाट उत्पादित विद्युत खिम्ती सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ।

सबस्टेसन उद्घाटन कार्यक्रममा ऊर्जामन्त्री पम्फा भुसाल, बागमती प्रदेशका वन तथा वातावरणमन्त्री विशाल खड्का , ऊर्जा मन्त्रालयका सचिव देवेन्द्र कार्की, दोलखाका सांसदहरु जीपछिरिङ लामा, पूर्वमन्त्री पार्वत गुरुङलगायत सहभागी थिए।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु