अमेरिकी सेनाको जहाज काठमाडौंमा ओर्लिए

२०७८, ५ चैत्र शनिबार ०५:२८

काठमाडौं: अमेरिकी सहयोग परियोजना एमसीसी पास भएपछि पहिलोपटक अमेरिकी सेनाको जहाज काठमाडौंमा ओर्लिएपछि सामाजिक सञ्जालमा हंगामा नै मच्चिएको छ । शुक्रबार बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको अमेरिकी वायु सेनाको विमान कूटनैतिक प्रयोजनको लागि आएको बताइएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका सूचना अधिकृत खेमराज उपाध्यायले अमेरिकी कूटनीतिज्ञलाई लिएर युएस एयरफोर्सको जहाज काठमाडौं आएको बताए ।

विमान शुक्रबार बिहान सवा ९ बजे काठमाडौंमा अवतरण गरेको थियो । यो विमानमा कूटनीतिज्ञसहित सामानहरु पनि भएको स्रोतले जानकारी दिएको छ । अमेरिकाबाट उडेपछि यो विमान पहिले थाइल्याण्डको बैंकक गएर त्यहाँबाट काठमाडौं आएको हो । उक्त विमानले कूटनैतिक प्रयोजनका सामान लिएर आएको बताइएको छ ।

विमानले १२०० किलोग्राम बराबर ३३ वटा प्याकेजहरु लिएर आएको थियो । ती सामानहरु नेपालस्थित अमेरिकी दुतावासका प्रतिनिधिले बुझिलगेका छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु