भेरी नदीमा बेपत्ता बालबालिकाको शव भेटियो

२०७८, ४ चैत्र शुक्रबार ११:३१

काठमाडौं भेरी नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीनै जना बालबालिकाको शव भेटिएको छ।वेपत्ता भएकामध्ये लेकवेशी नगरपालिका–२ का ८ वर्षीय दिनेश बुढाको शव बुधवार भेटिएको थियो।

फाइल फोटो

उनको भेरीगंगा नगरपालिका–२ मा पर्ने भेरी पुल नजिकै शव भेटिएको थियो। यस्तै बिहीबार थप दुई जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए।

दिउँसो १ बजे भेरीगंगा नगरपालिका–११ का १२ वर्षीय कृष्ण सिंजाली र अपरान्ह पाँच बजे सोही ठाउँकी १२ बर्षीय गंगा खड्काको शव भेटिएको उनले जानकारी दिए।उनीहरुको शव भेरीगंगा नगरपालिका–१३ स्थित नदी किनारमा भेटिएको हो।

बिहीबार भेटिएको दुवै जना बालवालिकाको शव पोष्टमार्टमाका लागि मेहलकुना अस्पतालमा राखिएको छ। फागुन २८ गते सुर्खेतको भेरिगंगा नगरपालिका–११ रामघाटस्थित नजिक भेरी नदीमा नुहाउने क्रममा: तीन जना बालबालिका बेपत्ता भएका थिए।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु