एकीकृत समाजवादीले १५ दिने ‘जनपरिचालन’ अभियान चलाउने

२०७८, ३ चैत्र बिहीबार १९:२९

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तहको निर्वाचनअन्तर्गत जनपरिचालन अभियान सञ्चालन गर्ने भएको छ । बिहीबार बसेको सचिवालय बैठकले चुनाव लक्षित १५ दिने अभियान चलाउने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

फाइल फोटो

उनकाअनुसार अभियानको नारा ‘जनतामा जाऔँ, एकीकृत समाजवादीलाई जिताऔँ’ भन्ने तय गरिएको छ । त्यस्तै बैठकले प्रदेशको कामको अनुगमन मूल्यांकन र वस्तुस्थितिको अध्ययन गर्न सबै प्रदेशमा एक–एक जना सचिवालय सदस्यलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

यी नेतालाई जिम्मेवारी
प्रदेश नम्बर १ – प्रमेश हमाल, उपाध्यक्ष
मधेश प्रदेश – जगन्नाथ  खतिवडा, उप माहासचिव
वाग्मती प्रदेश – गङ्गलाल तुलाधर, उप महासचिव
गण्डकी प्रदेश  – जयन्ती राई, उपाध्यक्ष
लुम्विनी प्रदेश – बिजय पौडेल, उपमहासचिव
कर्णाली प्रदेश – बेदुराम भुषाल, महासचिव
सुदूरपश्चिम प्रदेश – रामचन्द्र झा, सचिवालय सदस्य

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु