खेअर्सन कब्जामा लिइएको रुसी दाबी

२०७८, २ चैत्र बुधबार ०५:४६

रुसको रक्षा मन्त्रालयका एक प्रवक्ताले युक्रेनको दक्षिणी खेअर्सन क्षेत्र रुसी सेनाको पूर्ण नियन्त्रणमा आएको दाबी गरेका छन्।

तर बीबीसीले इगोर कोनाशेन्कोभको उक्त दाबीको स्वतन्त्र पुष्टि गर्न सकेको छैन। इन्टर्फ्याक्स-एभीएन समाचारसंस्थाले उनलाई उद्धृत गर्दै रुसले खेअर्सन आफ्नो कब्जामा लिएको समाचार प्रकाशित गरेको छ।

केही दिनअघि खेअर्सनवासीहरूले रुसी अतिक्रमणको विरोधमा प्रदर्शन गरेका थिए। उनीहरूलाई चेतावनी दिन रुसी पक्षले हावामा गोली चलाएको देखिएको थियो।


ताजा खबर