जाल्पा लघुवित्तको शेयर आइतबार कारोबार नहुने

२०७८, २९ फाल्गुन आईतवार ११:०२

जाल्पा लघुवित्त वित्तीय संस्था (JALPA) को शेयर आइतबार कारोबार नहुने भएको छ। स्पेशल प्रि-ओपन सेसनमा कम्पनीको शेयर अडर म्याच नभएपछि रेगुरल सेसनमा पनि कारोबार नहुने भएको हो।
त्यस अनुसार लघुवित्तको शेयर भोलि सोमबार स्पेशल प्रि-ओपन सेसनमा काराेबार भएमात्रै रेजुलर सेसनमा कारोबार हुनेछ।

लघुवित्तले सर्वसधारणहरुलाई वितरण गरेको ५ लाख २२ हजार कित्ता र संस्थापकहरुले लगानी गरेको १० लाख ८७ हजार कित्ता गरी कुल १६ लाख कित्ता शेयर शुक्रबार नेप्सेमा सूचीकृत भएको थियो।

लघुवित्तको शेयरलाई नेप्सेले प्रतिकित्ता न्युनतम १६४ रुपैयाँ ६० पैसा देखि ४९३ रुपैयाँ ८० पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ। सोहि मूल्यको आधारमा पहिलो शेयर कारोबार खुल्नेछ।

यस्तै नेप्सेले लघुवित्तको शेयरलाई जेएएलपीए कारोबार संकेत प्रदान गरेको छ।

Comments

ताजा खबर