नुवाकोट । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टी एकढिक्का हुन सके आगामी चुनावमा पार्टीलाई कसैले हराउन नसक्ने बताएका छन् । पार्टीमा आन्तरिक एकताको समस्या रहेको स्वीकार्दै उनले त्यस्तो समस्यालाई सुधारेर पार्टीलाई एकढिक्का बनाएर चुनाव केन्द्रीत हुनुपर्ने उनको भनाइ छ ।
उनले आन्तरिक प्रतिस्पर्धालाई सामान्य रुपमा लिँदै हार्नेलाई पनि कार्यक्रमहरुलाई समेट्ने अभ्यास हुन सके पार्टी एकढिक्का हुनसक्ने धारणा राखे । तर, अहिले हार्नेको अत्तोपत्तो नहुने परिपाटी रहेको औल्याउँदै उनले यसले पार्टी बलियो हुन नसक्ने धारणा राखे ।
उनले काँग्रेसको प्रतिस्पर्धी कम्युनिस्ट नै भएको धारणा राख्दै भने, ‘चुनाव जित्नका लागि उपविजेताहरुसँगै मिलेर बस्न सक्ने अवस्था हुनुपर्छ । आन्तरिक मञ्चहरूमा काँग्रेस एकै ठाउँमा हुनुपर्छ । जितेका हारेका सबै एकैठाउँमा हुनुपर्छ ।’