युद्धका कारण २५ लाख युक्रेनका नागरिकले देश छाडे

२०७८, २८ फाल्गुन शनिबार ०७:२९

संयुक्त राष्ट्रसङ्घका शरणार्थीसम्बन्धी उच्चायुक्त फिलिपो ग्रान्डीले युक्रेनी शरणार्थीको सङ्ख्या २५ लाख पुगेको बताएका छन् ।

तीमध्ये झण्डै १,१६,००० तेस्रो देशका नागरिकहरू रहेको ग्रान्डीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।

अर्को झण्डै २० लाख मानिसहरू युक्रेनभित्रै विस्थापित बनेको ग्रान्डीले बताएका छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु