हामीमा एकता छैन, एमालेमा छ त्यसैले कुनै दलसँग नमिली चुनाव लड्न सकिदैन – देउवा

२०७८, २६ फाल्गुन बिहीबार २०:४२

काठमाडौं: प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनको समयमा आफ्नो पार्टीभित्र एकता नदेखिने गरेको बताएका छन् । उनले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) एकताबद्ध पार्टी भएको पनि बताए ।
बिहीबार वीरगन्ज पुगेर उनले सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरूलाई चिढ्याउने र चिसो पसाउने भाषण र व्यवहार प्रस्तुत नगर्न पार्टीका नेताहरूलाई उनले निर्देशन दिए । आउँदो चुनावबाट कुनै एक दलको स्पष्ट बहुमत नआउने भन्दै उनले कुनै दलसँग नमिली चुनाव लड्न समस्या हुने बताए । उनले कार्यकर्ताहरूलाई ०७४ सालमा कांग्रेस एक्लै चुनाव लड्दाको परिणाम सम्झन पनि निर्देशन दिए ।
“विपक्षमा रहेको एमाले ओलीको पार्टी छ । त्यो सिद्धिसक्यो भन्ने नठानौँ, त्यो सशक्त छ । उनीहरूमा एकता छ । हाम्रो पार्टीमा एकता हुँदैन । त्यसकारण हाम्रो पार्टीले गठबन्धन गर्नुपर्छ,” उनले भने ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु