प्रि ओपन साढे २ अंक घट्यो नेप्से

२०७८, २५ फाल्गुन बुधबार १०:५७

काठमाडौं: बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २ अंक घटेको छ।

अघिल्लो कारोबार दिन अर्थात गत सोमबार १.५५ अंक बढेर २५४४.९४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.५३ अंक घटेर २५४२.४२ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.८६ अंक घटेको छ।

बुधबार प्रि ओपन सेसनमा ६ स्टकको १० लाख १३ हजार ६७० रुपैयाँ बराबरको १ हजार २८६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २ स्टकको मूल्य बढेको छ भने ३ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

Comments

ताजा खबर