नेटोका अमेरिकासहित पश्चिमा मुलुकले युक्रेनलाई हातहतियार उपलब्ध गराएको खुलासा

२०७८, २३ फाल्गुन सोमबार २०:३४

काठमाडौं: अमेरिकासहित पश्चिमा मुलुकहले युक्रेनलाई आवश्यक हातहतियारहरु निरन्तर उपलब्ध गराईरहेको खुलासा भएको छ । पूर्वी युरोपस्थित गोप्य राखिएको विमानस्थल प्रयोग गरेर नाटो आवद्ध देशहरुले युक्रेनलाई अत्याधुनिक हतियार, मिसाइल र विमानभेदी मिसाइल आपूर्ति गरिरहेको खुलासा भएको हो ।

रुस–युक्रेन युद्ध सुरु हुनुअघि नै अमेरिकाले ठूलो मात्रामा युक्रेनलाई युद्ध सामग्री उपलब्ध गराएको र युद्ध सुरु भए यता आपूर्ति भईरहेको सीएनएनले जनाएको छ । रुस-युक्रेन युद्ध सुरु भएपछि युरोपको आकाश अमेरिकी र गठबन्धन देशका सैनिक काग्रोले भरिएको पनि समाचारमा जनाइएको छ । खाशगरी अमेरिकी कार्गो विमान सी–सेभेन्टिनको उडान निकै बाक्लो हुने गरेको छ ।

अमेरिकी र युरोपेली सैनिक विमानले गोप्य विमानस्थलमा जम्मा गरेका हातहतियार स्थलमार्ग हुँदै युक्रेन पुर्याउने गरेको र अहिलेसम्म यस्तो ढुवानीमा रुसी सेनाको आँखा नपरेको पनि सीएनएनले उल्लेख गरेको छ । नाटोको युरोप कमाण्डले आपूर्तिको ब्यवस्थापन गर्ने गरेको छ ।

गत शुक्रबार अमेरिकी सेनाका संयुक्त सेनापति जेनरल मार्क मिलेले उक्त गोप्य विमानस्थलमा पुगेर आपूर्ति ब्यवस्थाको अवलोकन गरेका थिए । अमेरिकाले युक्रेनलाई ३५ करोड डलर बराबरको युद्ध सामग्री दिने निर्णय गरेकोमा २४ करोड डलर बराबरको सामग्री युक्रेन पुगिसकेको र बाँकी सामग्री पनि केही दिनभित्रै युक्रेन पुग्ने क्रममा रहेको बताइएको छ ।

नाटो गठबन्धनले केही महिना पहिलेदेखि नै युक्रेनी सेनालाई आवश्यक तालिम दिएको र युक्रेनी फौजले अहिले निकै प्रभावकारी तरिकाले युद्ध सामग्रीको प्रयोग गरेको भन्दै अमेरिकी सन्तोष ब्यक्त गरेको जनाइएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु