समाजवादीको पोलिटब्यूरो बैठक , कस कसले के भने!

२०७८, २३ फाल्गुन सोमबार २०:१८

काठमाडौं: नेकपा (एकीकृत समाजवादी)को पहिलो पोलिटब्यूरो बैठकमा अध्यक्ष माधवकुमार नेपालले पेश गरेको राजनीतिक प्रतिवेदनमा ३७ सदस्यले टिप्पणी गरेका छन् । आगामी बुधबार र बिहीबार बस्ने केन्द्रीय कमिटी बैठकमा पेश गर्ने राजनीतिक प्रतिवेदनमाथि सोमबारको पोलिटब्यूरो बैठकमा छलफल भएको नेतृ दिलु पन्तले नयाँ पत्रिकालाई जानकारी दिइन ।
बैठकमा अध्यक्ष नेपालले समसामयिक राजनीतिक परिवेश, आगामी निर्वाचन, संगठन विस्तारलगायतका विषय समेटिएको प्रतिवेदन पेश गरेका थिए । प्रतिवेदनमाथि टिप्पणी गर्दै सदस्यहरूले संगठनलाई व्यवस्थित गर्न पार्टी तथा जनवर्गीय संगठन सवैलाई सक्रिय बनाउनुपर्नेमा जोड दिएका छन् ।
एमसिसीबारे मतभेद भएपनि पार्टी निर्णयलाई आत्मसात गर्दैं अगाडि बढ्नुपर्ने सदस्यहरूले बताएका छन् । पोलिटब्यूरो सदस्यको सुझावको आधारमा अध्यक्षले राजनीतिक प्रतिवेदन परिमार्जनसहित केन्द्रीय कमिटी बैठकमा पेश गर्ने पन्तले जानकारी दिइन ।
बैठकमा नेपालले पार्टीले सुझबुझपूर्ण निर्णय गरेको, देश र जनताको हितलाई केन्द्रमा राखेर निर्णय लिएको बताएका थिए । गठबन्धन बनाउन र निरन्तरता दिन पार्टीले खेलेको भूमिकाबारे नेपालले चर्चा गरेका थिए ।
पार्टीको संगठनात्मक अवस्था, एमसीसी पारित गर्नुपर्नाका कारण, पछिल्ला घटनाक्रम र विवरणहरू समेटिएको अध्यक्षको प्रतिवेदनमाथि सदस्यहरूले सुझाव दिएसँगै पोलिटब्यूरो बैठक सम्पन्न भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु