सिके राउत पनि स्थानीय तहको निर्वाचनको तयारीमा

२०७८, २३ फाल्गुन सोमबार १०:१६

काठमाडौं: जनमत पार्टी आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा पनि हाेमिएको छ । त्यसका लागि जनमतले निर्वाचन केन्द्रीय प्रशिक्षणका कार्यक्रम स्थानीय तहसम्मै चलाउने भएको छ । यसको जिम्मेवारी जिल्ला कार्यकारिणी समितिलाई दिइएकाे छ ।

केन्द्रीय कार्यकारिणी समितिको अनलाइन बैठकले यस्तो निर्णय गरेकोहो । जिल्ला कार्यकारिणी समितिका पदाधिकारी तथा सदस्यले जिम्मेवारी बाँडफाँट गरेर काम गर्ने पार्टीले जनाएको छ ।

त्यस्तै, किसान आन्दोलनका थप कार्यक्रम होली पर्व अर्थात ५ चैतपछि घोषणा गर्ने निर्णय पनि बैठकले गरेको छ । यसअघि २० फागुनसम्म आन्दाेलन भएको थियाे । २० जिल्लामा भइसकेको माटो यात्रालाई बाँकी जिल्लामा पनि निरन्तरता दिइने भएकाे छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु