स्पेशल प्रि ओपन सेसनमा इमर्जिङ्ग नेपालको कतिमा भयो पहिलो कारोबार?

२०७८, २२ फाल्गुन आईतवार १०:५३

फागुन २२, काठमाडौं: आइतबार स्पेशल प्रि ओपन सेसनमा इमर्जिङ्ग नेपाल लिमिटेड (ENL) को पहिलो कारोबार भएको छ।

यस दिन स्पेशल प्रि ओपन सेसनमा प्रतिकित्ता २८७ रुपैयाँ १० पैसामा पहिलो कारोबार भएको हो।

गत शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कम्पनीको ५५ लाख ५६ हजार कित्ता शेयर सूचीकृत भएको थियो। पहिलो कारोबारको लागि कम्पनीको शेयरलाई नेप्सेले प्रतिकित्ता न्युनतम १०५ रुपैयाँ ११ पैसा र अधिकतम ३१५ रुपैयाँ ३३ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो।

नेप्सेले कम्पनीलाई ईएनएल कारोबार संकेत दिएको थियो। सोही स्टक टिकरमा कम्पनीको शेयर कारोबार भएको हो।

Comments

ताजा खबर