पूर्वी नवलपरासी कांग्रेसको अधिवेशन सरेको सर्‍यै

२०७८, २१ फाल्गुन शनिबार १४:०५

नवलपुर  । पूर्वी नवलपरासी कांग्रेस जिल्ला कार्यसमितिको शनिबार गर्ने भनिएको अधिवेशन फेरि सारिएको छ । मुख्य निर्वाचन अधिकृत गोविन्द सिग्देलले सर्वसम्मतको प्रयास जारी रहेकाले शनिबार गर्ने भनिएको निर्वाचन आइतबारका लागि सारिएको जानकारी दिए ।

फाइल फोटो

कांग्रेस जिल्ला कार्यसमितिको निर्वाचन योसमेत ९ पटक सारिसकिएको छ । यसअघि केन्द्र र जिल्लाले तोकेको मिति पटक–पटक गरेर ९ पटक सारिएको हो । निर्वाचन हुन नसकेका चितवनसमेतका १६ जिल्लामा शुक्रबार नै मतदान भइसकेको छ ।

जिल्ला कार्यसमितिको सभापतिमा महेन्द्रध्वज जिसी निर्विरोध चयन भएका छन् । जिल्ला उपसभापतिमा र सचिवमा ४–४ जनाको उम्मेदवारी परेको छ । शुक्रबार मनोनयन गरेका धेरैले उम्मेदवारी फिर्ता लिएका छन् ।मनोनयन फिर्ता लिने समय शनिवार दिउँसो ३ बजे सम्मका लागि तोकिएको छ । उपसभापति, सचिव र सहसचिवमा पनि सर्वसम्मत नेतृत्व चयनका लागि छलफल गर्न पर्ने भएकाले पार्टीको अनुरोधमा निर्वाचन समितिले मिति सारेको नेता विष्णु लामिछानेले जानकारी दिए ।

जिल्लामा कूल १९ सय ७२ मतदाता रहेका छन् । क्लस्टरबाट निर्वाचन गर्न पर्ने उम्मेदवार धेरै भएकाले १६ हजार मतपत्र छाप्न पर्ने निर्वाचन समितिका सदस्य चुडामणि कँडेलले जानकारी दिए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु