रुसमाथि सिंगापुरले आर्थिक प्रतिबन्ध लगाउने

२०७८, २१ फाल्गुन शनिबार १३:३३

सिगापुर : रुसले युक्रेनमा गरेको आक्रमणको विरोधमा सिंगापुरले रुसमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ । सिङ्गापुरले रुसबाट हुने सामान आयात सीमित गर्ने र केही रुसी बैंकमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको हो।

साथै सिंगापुरले रूस र रूसको केन्द्रीय बैंकसँग सहयोग गर्न सक्ने कुनै पनि वित्तीय संस्थासँग क्रिप्टोकरेन्सी लेनदेनमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

सिङ्गापुरका विदेशमन्त्री भिभियन बालकृष्णनले यसअघि संसदमा भनेका थिए, ‘सिङ्गापुरले रुसविरुद्ध उपयुक्त प्रतिबन्ध लगाउन समान विचार भएका देशसँग मिलेर काम गर्न चाहन्छ।’

सिंगापुर आफ्नो क्षेत्रीय छिमेकीहरूमा प्रतिबन्ध लागू गर्ने पहिलो देश हो। यद्यपि दक्षिणपूर्वी एसियाली राष्ट्र संघ (आसियान) का अन्य सदस्य राष्ट्रहरूले रुसको कदमको निन्दा गरेका छन्।

Comments

ताजा खबर