नेशनल लाइफको १९% बोनसमा मूल्य समायोजन,कतिमा खुल्छ कारोबार ?

२०७८, २१ फाल्गुन शनिबार ०६:१८
काठमाडौं : नेशनल लाइफ इन्सुरेन्सको १९% बोनस सेयरमा मूल्य समायोजन भएको छ । अब आइतबार (फागुन २२ गते) नेशनलको सेयर कारोबार प्रतिकित्ता ८५७ रुपैयाँ १४ पैसालाई आधार मानेर खुल्नेछ । यसको औसत आधार मूल्य १ हजार २० रुपैयाँ छ । कम्पनीले फागुन २९ गते साधारण सभा बोलाएको छ । लाभांश वितरण तथा सभा प्रयोजनका लागि कम्पनीले आइतबार (फागुन २२ गते) बुक क्लोज गर्दैछ । फागुन २० गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् ।
सभा नेसनल लाइफ भवन, केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाडौंमा भर्चुअल माध्यमबाट बिहान १०:३० बजे सुरु हुनेछ । आर्थिक वर्ष २०७६–७७ को नाफाबाट २०% लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । यसले १९% बोनस र कर प्रयोजनका लागि १% नगद लाभांश वितरण गर्न लागेको हो । २०७६–७७ को नाफा नोक्सान हिसाबकिताब सम्बन्धमा छलफल गरी पारित गर्ने एजेन्डा पनि रहेको छ । सभाले २०७७–७८ को लागि लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक तोक्नेछ ।
Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु