एमाले नेता भीम रावल र नेकपा महासचिवबीच भेटवार्ता

२०७८, १९ फाल्गुन बिहीबार ११:५६

काठमाडौँ । नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्माले एमाले नेता भीम रावलाई भेटेका छन् । बिहीबार बिहान नेता रावलनिवासमा नेतात्रयबीच भेटवार्ता भएको हो ।

भेटमा एमसीसी र राष्ट्रिय स्वाधीनता रक्षाको पक्षमा एकताबद्ध भएर संघर्ष गर्ने विषयमा छलफल भएको विप्लवको सचिवालयले जनाएको छ । यसमा रावलले पनि सकारात्मक जवाफ दिएको सचिवालयको भनाइ छ । विप्लवले बुधबार माओवादी नेता नारायणकाजी श्रेष्ठ, नेकपा एसका नेता झलनाथ खनाललगायतलाई समेत भेटेका थिए ।

 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु