प्रि ओपन सेसन अपडेटः २ अंक बढ्यो नेप्से

२०७८, १८ फाल्गुन बुधबार १०:५७

काठमाडौं: बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार ४३.१२ अंक घटेर २६१०.५९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.९२ अंक बढेर २६१२.५१ विन्दुमा पुगेको छ। यस दिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.१७ अंक बढेको छ।

बुधबार प्रि ओपन सेसनमा ९ कम्पनीको ३ लाख २७ हजार ८०९ रुपैयाँ बराबरको ६१० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ६ कम्पनीको शेयरमूल्य बढेको छ भने १ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी २ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

Comments

ताजा खबर