नारायणकाजी र विप्लवबीच भेटवार्ता

२०७८, १८ फाल्गुन बुधबार १०:०९

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र नेकपा माओवादी केन्द्रका नेता नायरणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ।

फाइल फोटो
बुधबार विहान महासचिव विप्लव नेता श्रेष्ठसँगको छलफलका लागि उनको निवास हात्तीवन पुगेका हुन्। उनीहरुबीचको भेटवार्ता जारी रहेको जनाइएको छ। पछिल्लो राजनीतिक घटनाक्रम,  एमसीसी प्रनितिधि सभाबाट पारित भएपछिको अवस्थाका लगायका विषयमा दुई नेताबीच छलफल हुने जनाइएको छ। 
राजनीतिक सहकार्य गर्ने विषयमा पनि उनीहरुबीच कुराकानी हुने स्रोतको भनाइ छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीको व्याख्यात्मक घोषणामा केही नेताले असन्तुष्टि व्यक्त गरेपछि दिएको अभिव्यक्तिलाई लिएर नेता श्रेष्ठ पक्ष असन्तुष्ट बनेको छ। उक्त समूहले पार्टीबाट अलग हुने विषयमा समेत छलफल थालेपछि अध्यक्ष प्रचण्ड नेता श्रेष्ठसँगको छलफलका लागि मंगलबार हात्तीवन पुगेका थिए।
Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु