तिर्थालु तथा भक्तजनहरुलाई विश्राम गर्न, महालक्ष्मी विकास बैंकले १५५ थान कुर्सी दियो

२०७८, १७ फाल्गुन मंगलवार ०७:४२

काठमाडौं: महालक्ष्मी बिकास बैंकको पुतलीसडक रा चाबहिल शाखाको संयुक्त आयोजनामा गौशालास्थित नेपाल मानब धर्म सेबा समितीलाई १५५ वटा कुर्सी हस्तान्तरण गरेको छ।

बैकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सहयोग प्रदान गरेको हो। हिन्दुहरुको महान उत्सव महाशिवरात्रिको पुर्वसन्ध्यामा कुर्सी हस्तान्तरण गरिएको हो।

सहयोग ग्रहण गर्दे नेपाल मानब धर्म सेबा समितीका केन्द्रीय प्रमुख माहात्मा चमेली बाइजीले बैकले गरेको सहयोगप्रती कृतज्ञता व्यक्त गरिन्।

महाशिवरात्रिका दिन पशुपतिनाथको दर्शन गर्न आउने तिर्थालु तथा भक्तजनहरुलाई विश्राम गर्न सजिलोहोस् भन्ने उद्देश्यले सहयोग गरेको पुतलीसडक शाखाका शाखा प्रवन्धक निरञ्जन कुईकेलले बताए।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु