इजाजत पत्र नलिई स्वास्थ्य संस्था सञ्चालन गरेमा कारबाही हुने

२०७८, १६ फाल्गुन सोमबार १९:३३

काठमाडौँ: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गुणस्तर मापन तथा नियमन महाशाखाले इजाजत पत्र नलिई स्वास्थ्य संस्था सञ्चालन गरेमा कारबाही हुने चेतावनी दिएको छ ।

महाशाखाले सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरु –निजी, गैरसरकारी, सहकारी तथा गैर नाफामूलक सामुदायिक स्वास्थ्य संस्था तथा अस्पतालहरुलाई इजाजत पत्र नलिई सञ्चालन नगर्न निर्देशन जारी गरेको हो ।
जनस्वास्थ्य सेवा नियमावली, २०७७ को नियम १२ अनुसार कसैले पनि इजाजतपत्र नलिई निजी, गैरसकारी, सहकारी तथ गैर नाफामूलक सामुदायिक स्वास्थ्य संस्था सञ्चालन गर्न वा त्यस्तो संस्थाबाट स्वास्थ्य सेवा उपलब्ध गराउन नमिल्ने उल्लेख छ ।

कतिपय स्वास्थ्य संस्थाहरुले अनुमति बिना नै स्वास्थ्य संस्था सञ्चालन गरेको पाइएपछि मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले सूचना जारी गरेको हो ।

महाशाखाका प्रमुख डा मदन कुमार उपाध्यायले इजाजतपत्र लिनका लागि सम्बन्धित निकायहरुमा सम्पर्क गर्न र नगरेको खण्डमा प्रचलित कानुन बमोजिम कारबाही गरिने बताए ।

डा उपाध्याय भन्छन्–‘इजाजत पत्रका लागि केही संस्थाहरु प्रक्रियामा आउन थालिसकेका छन् । हामीले समयसीमा तोकेका छैनौं तर नियमअनुसार सबैले प्रक्रिया पूरा गर्नुपर्छ ।’

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु