काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसका सांसद गगन थापाले एमसीसी सम्झौता पारित भएपछि राष्ट्रघात भए चारपाटा मोडेर थानकोट कट्न आफू तयार भएको बताएका छन् । उनले राष्ट्रघात भए सम्पत्ति जफत गर्न र नागरिकता खोसे हुनेसमेत बताए ।
आइतबार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा बोल्दै सांसद थापाले १२ बुँदे व्याख्यात्मक घोषणाको पक्षमा बोल्दै ५ वर्षभित्र गलत प्रचार गरिएजस्तो अमेरिकी सेना नआए, अमेरिकी कानुन लागू नभए आफू जस्तै गर्न तयार हो भन्दै चुनौती दिए ।
एमाले सांसद् भीम रावललाई लक्षित गर्दै उनले एमसीसी बारे सडकमा बहस गर्ने कि सदनमा, अछाममा गर्ने कि काठमाडौंमा गर्ने बहस गर्न आफू तयार रहेको बताए ।
“पाँच वर्षभित्र सेना आएन, अमेरिकी कानुन लागू भएन भने थानकोट कट्न नागरिकता खोसिन तयार हो ?,” उनले चुनौती दिए ।
Comments