व्याख्यात्मक घोषणा होइन, यो जनता ठग्ने ठगपत्र हो : भीम रावल

२०७८, १५ फाल्गुन आईतवार २०:१६

काठमाडौं । नेकपा (एमाले)का सांसद भीम रावलले एमसीसीको व्याख्यात्मक घोषणा ठगपत्र भएको टिप्पणी गरेका छन् ।एमसीसीको व्याख्यात्मक घोषणामाथिको छलफलमा उनले भ्रामक घोषणा भएको दाबी गरे ।

“यो व्याख्यात्मक घोषणा होइन । यो भ्रामात्मक घोषणा हो । दुई पक्षीय सम्झौता एक पक्षीय रुपमा घोषणा गर्‍यौँ भनेर जनतालाई ठग्ने यो भन्दा ठगपत्र अरू केही हुन सक्दैन,” उनले भने ।

राष्ट्रियतामाथिको विषयमा हतार हतार संविधान मिचेर संसद्मा पेश गरिएको बताए । उनले दमन गरेर प्रधानमन्त्रीले अनुमोदन गर्न लागेको आरोप पनि लगाए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु