प्रि ओपन सेसन अपडेटः १ अंक घट्यो नेप्से

२०७८, १५ फाल्गुन आईतवार १०:५८

काठमाडौं: साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंक घटेको छ।
अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ५८.९९ अंक घटेर २६६१.४४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.०५ अंक घटेर २६६०.३९ विन्दुमा झरेको छ। यस दिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.०१ अंक झरेको छ।

आइतबार प्रि ओपन सेसनमा २६ कम्पनीको ८८ लाख २२ हजार ३८९ रुपैयाँ ९० पैसा बराबरको १६ हजार ३१९ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ८ कम्पनीको शेयरमूल्य बढेको छ भने ७ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ११ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

Comments

ताजा खबर