आक्रमणमा २४० युक्रेनीको मृत्यु

२०७८, १५ फाल्गुन आईतवार १०:०४

काठमाडौँ: युक्रेनमा रुसले गरेको आक्रमणको आज चौथो दिनसम्म २ सय ४० जना सर्वसाधारणले जयान गुमाएको संयुक्त राष्ट्रसंघले जनाएको छ । युक्रेनका धेरै सहरहरूमा अहिले पनि भीषण लडाई जारी छ ।

आक्रमणका कारण युक्रेनका घर र पूर्वाधारमा पनि ठूलो क्षति पुगेको छ । जसका कारण सयौं मानिस बिजुली र पानीविहीन बस्न बाध्य छन् । संयुक्त राष्ट्र संघका अनुसार हालसम्म एक लाख ६० हजार बढी युक्रेनीहरूले आफ्नो घर छाडेका छन् ।

धेरै युक्रेनीहरुले देश छोड्न खोजिरहेका छन् । युक्रेनी सरकारले रुसी आक्रमणले ठूलो शरणार्थी संकट निम्त्याउन सक्ने अनुमान गरेको छ । बीबीसीका अनुसार अन्तर्राष्ट्रिय सिमानामा देश छाड्ने युक्रेनीको ला १५ किलोमिटरसम्म छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु