उप्रेतीको पहिलो कृति ‘नजरभित्र’ विमोचन

२०७८, १४ फाल्गुन शनिबार १७:०२

मुक्तककार अम्बिका खरेल उप्रेतीद्वारा लिखित ‘नजरभित्र’ मुक्तक संग्रह शनिबार विराटनगरमा आयोजित कार्यक्रममा विमोचन गरिएको छ। पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले आयोजना गरेको कार्यक्रममा उप्रेतीको पहिलो कृतिका रुपमा मुक्तक संग्रह विमोचन गरिएको हो।

कार्यक्रममा वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदी, आयोजक संस्थाका अध्यक्ष विवश पोखरेल, प्राध्यापक कविराज न्यौपाने, साहित्यकार हरि कट्टेल, प्याब्सन विराटनगरका अध्यक्ष मोहन बुढाथोकी, कवि मीनकुमार नवोदितलगायतले विमोचन गरे। विमोचित संग्रहका बारेमा समालोचक हरि कट्टेलले टिप्पणी गरेका थिए।

संग्रहमा मुक्तककार उप्रेतीले समसामयिकदेखि समाजका विभिन्न विषय वस्तुलाई सशक्त रुपमा उठाएको उनको भनाइ थियो। त्यस्तै कवि भरत गुरागाईं ‘बर्बरिक’, विनोद विवश, चूडामणि नेपाल ‘अकिञ्चन’, लक्ष्मी रायमाझी र मीना श्रेष्ठ ‘सवि’ले संग्रहभित्रका मुक्तकहरु वाचन गरे। पूर्वाञ्चल साहित्य प्रतिष्ठानले प्रकाशित गरेको संग्रहभित्र २ सय ५८ वटा मुक्तक संग्रहित छन्।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु