अनुसन्धानका लागि गृह मन्त्रालयले ९ सदस्यीय छानबिन समिति, पासपोर्ट र भिषाबिनै विमानमा यात्रु

२०७८, १३ फाल्गुन शुक्रबार १४:२४

काठमाडौँ: पासपोर्ट र भिषा बिना नै विमानमा यात्रु पुगेको घटना अनुसन्धानका लागि गृह मन्त्रालयले ९ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

फागुन ९ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट कतारको दोहा उड्न लागेको नेपाल वायुसेवा निगमको विमानमा पासपोर्ट र भिसा बिना नै एक व्यक्ति पुगेका थिए ।
सो घटना विमानस्थल सुरक्षाको दृष्टिले अति नै संवेदनशील विषय भएको हुँदा घटनाका सन्दर्भमा मन्त्रालयको ध्यानाकर्षण भएको बताएको छ । सो सम्बन्धमा विमानस्थलको सुरक्षा अवस्था, विभिन्न निकायको कार्यविभाजन, कमजोरी र सुधारका उपायहरु सम्बन्धमा कार्य आरम्भ गरेको मितिले ७ दिनभित्र प्रतिवेदन पेस गर्ने गरी अध्यागमन विभागका महानिर्देशकको संयोजकत्वमा ९ (नौ) सदस्यीय छानविन समिति गठन गरिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिएका छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु