काठमाडौं । प्रतिनिधि सभा बैठक स्थगित भएको छ । १५ गतेसम्मका लागि स्थगित भएको हो ।
अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कोविषयमा विवाद भइरहेको बेला आज बस्ने भनिएको बैठक स्थगित भएको हो । अब आइतबार संसद बैठक बस्नेछ । सरकारको आग्रहमा आजको बैठक पनि स्थगित गरिएको जनाइएको छ। विहीबारको बैठक पनि सरकारकै आग्रहमा स्थगित गरिएको थियो।