एक नेपालीसहित तीन विदेशी फिल्म तर छिपछिप छन् दर्शक

२०७८, १३ फाल्गुन शुक्रबार ११:२९

काठमाडौँ: कोभिड १९ को तेस्रो लहर थेगेपछि सरकारले फागुन १ गतेबाट बन्द गरेका सिनेमा हल खोल्ने निर्णय गरेको थियो । हल खुलेपछि पहिला चल्दा चल्दै बन्द भएका फिल्म ‘चपली हाइट ३’ र ‘कठपुतली’ लागेका थिए । तर यी फिल्ममा दोहोर्याएर दर्शक आएनन् ।

त्यसयता नयाँ रिलिज कुरिरहेका दर्शकलाई आजबाट रोजीरोजी हेर्न मिल्ने गरी नयाँ फिल्म रिलिज भएका छन् । देशभरका हलमा आजबाट एक नेपाली र तीन विदेशी फिल्म रिलिज भएका छन् ।

बारम्बार प्रदर्शन मिति सार्न बाध्य ‘म यस्तो गीत गाउँछु २’ले अन्तत ः हलमा लाग्ने मौका पाएको छ । यो फिल्म देशभरका सयभन्दा बढी पर्दामा रिलिज भएको वितरकले जनाएका छन् । यसैगरि, हलमा एक अंग्रेजी र दुई भारतीय फिल्मले पनि प्रदर्शन यात्रा सुरु गरेका छन् ।

यसरी रिलिज हुनेमा अमेरिकाको बक्स अफिसमा यो हप्ता कमाइमा एक नम्बर रहेको फिल्म ‘अनचार्टेड’ , सञ्जयलीला भन्सालीको पिरियड ड्रामा ‘गंगुबाई कठैयावाडी’ र तमिल फिल्म ‘भलिमाई’ रहेका छन् । नेपाली सिनेमालाई गतिमान बनाउने विश्वास गरेको ‘म यस्तो गीत गाउँछु २’ मा पल शाह र पूजा शर्माको मुख्य भूमिका रहेको छ । तर रिलिजकै संघारमा पल शाह नाबालिग बलात्कर मुद्दामा फरार छन् ।

यसले सिनेमाको प्रारम्भिक व्यापारमा असर पर्ने धेरैको अनुमान थियो जुन सत्य साबित भएको छ । फिल्मले बिहानीको सोमा औसत सुरुवात गरेको छ । यही अवस्था ‘गंगुबाई कठैयावाडी’, ‘भलिमाई’ र ‘अनचार्टेड’ पनि रहेको छ ।

दिउँसोबाट सबै फिल्मले पिकअप लिने हल सञ्चालक तथा वितरकको विश्वास छ । नेपालमा ‘गंगुबाई कठैयावाडी’का वितरक मनोज राठीले मानिसलाई हल खुलेको जानकारी राम्रोसँग नभइसकेकाले बिहानको सोमा कम दर्शक देखिएको आंकलन गरे ।‘नेपाली फिल्मलाई त कन्ट्रोभर्सीले पनि असर गर्यो होला । अर्को कुरा त दर्शकलाई हल खुलिसकेको जानकारी भएन कि भन्ने लागिरहेको छ,’ उनले भने, ‘विकास बोर्डले केही पहल गर्नुपथ्र्यो । हामी एक्लैले मात्र के गर्ने ?’

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु